अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन्
। भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ
आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ ।
अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ ।
जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ ।
जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ ।
ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र
यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ
। तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ ।
ती घरेलु उपाय यस्ता छन् :
वाफ लिने– दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक
स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता
ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् ।
तुलसी– अनुहार चम्किलो
पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु
हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने
अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो
प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम
हुन्छ ।
बदाम– बदाम
टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा
बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा
अनुहारको ब्लाकहेड्स कम हुन्छ ।
कागती र मह– कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस्
। यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही
समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा
रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र
अनुहार चम्किलो तथा तथा सफा हुन्छ ।
1 comment:
Hence it is better you have to affiliated understand when setting up. It is easy to put up a lot better apply for right away. Cancer
Post a Comment