-डा. एसपी रिमाल
‘खुइयययय…….’
बाले फेरि कुनै कामको असफलताको संकेत गर्दै बोल्नुभयो, ‘आज पनि कुरो मिलेन ! बिना धितो बैंकले ऋण दिंदैन।’
बाले फेरि कुनै कामको असफलताको संकेत गर्दै बोल्नुभयो, ‘आज पनि कुरो मिलेन ! बिना धितो बैंकले ऋण दिंदैन।’
‘धितोको लागि सबै
सर्टिफिकेटको फोटोकपी पठाएको छु त ,’ करौंडौको सम्पत्ति धितोका लागि पठा’कोझैं मेरो उत्तर ।
‘यो संसारमा ऋण खोज्नु सार्है गार्हो काम हो । एकाध मेरा जस्ता सहृदयी साथी नहुनेहरुले त त्यसकै लागि कैयौं कुकर्म गरेको दुई चक्षुले प्रत्यक्ष दृष्टिबोध गरेका छन्,’ बाले जफाव फर्काउनुभयो ।
ऋणको कुरामा मेरो र ‘बा’ को कैयौं पटक वाक संघर्ष परेको छ ।
छोरो डाक्टर नहुँदासम्म ‘बा’ ले खूब ऋण खोज्नुभो रे । सोच्नुभएको थियो रे डाक्टर भएपछि त छोरोले जादुयी चमत्कार गर्नेछ । पैसा आएको आयै हुनेछ । तर, मेरा सोझा ‘बा’ले मेडिकल माफियागिरी, पिजी अध्ययन, पिजी शुल्क लगायतका हाउगुजीले डाक्टर भएपछि पनि कसरी सताउँछन् भन्ने कुरा थाहै पाउनुभएन । जब म पिजी पढ्न थालेपछि पनि ऋण खोज्नुपर्यो त्यसपछि दिनको घाम झैं छर्लङ्ग भो होला उहाँलाई । डाक्टर फलाउनु रुपैयाँको बोट उमार्नु होइन भन्ने ।
डाक्टर भएपछि छोराले कमाएर लिएको ऋण फिर्ता गरौंला भन्ने उहाँको अपेक्षा स्वभाविक हो । मेरो यथार्थ र उहाँको अपेक्षा बाझिदा बा र म बिच सवालजफाव भइरहन्छन् । यसक्रममा उहाँले गर्ने कतिपय तर्क र दिने कतिपय जफावले मेरो मानसपटलमा जरा गाडेर बसीरहेका छन् । बेला–बेला मेरै मानसपलटमा संघर्ष गरिरहन्छन् ।
‘कहिलेसम्म तँलाई ऋण खोजेर पढाउने मैले ?,’ उहाँले दोहो¥याउने प्रश्न हो । उहाँको यो सदाबहार प्रश्नले मलाई अहिलेसम्म छाडेको छैन । यसको उत्तर मसँग कहिल्यै हुँदैन । एमबिबिएस सकेर पनि मेरै पढाइका लागि ऋण खोज्नु परेपछि बा कहिलेकाहिँ हतास मनस्थितिबाट गुज्रिनुहुन्छ ।
यो प्रश्नको जफाव रफावसहित हुन्थ्यो मेरो, ‘म छात्रवृत्तिमा पढ्दै छु । तर ‘बा’ ले ऋण नखोजी कहिल्यै मलाई पढ्ने पैसा पुगेन । हरेक तहसँगै दुई गुणा यो क्रम वृद्धी हुँदै गयो । प्लस टूमा ‘बा’ ले थोरै ऋण बोक्नुभो, एमबिबिएसमा अलि धेरै र अहिले त मलाई भन्न पनि लाज लाग्छ । मेरा कलेजका महामहिमहरु हामीजस्ता चिकित्सकलाई ‘आवासीय चिकित्सक’ भन्दछन् । ‘बा’ ले यो कुरा मान्नुहुन्न । भन्नुहुन्छ, ‘आवास नै नदिई कसरी आवासीय चिकित्सक ?
जीवन निर्वाह हुने तलब पनि नपाउने र ७२ घण्टासम्म लगातार काम गर्नुपरेपछि बाले प्रश्न स्वभाविक रुपमा उठाउनुहुने भो– के को चिकित्सक ?
भन्छु, ‘२७ हजार रुपैयाँ दिन्छन् त ।’
बाका ६ वटा उत्तर एकसाथ आउँछन् ।
१. २७ हजारमा मा १८ त कलेजले थुतेर लग्छ फी भनेर ।
२. बाँकी रहेको ६ हजार मध्ये इन्टरनेट, विद्युतलगायत भनेर बाँडीचुँडी लग्छन् त ।
३. तिमीहरु त चिकित्सक होइन, बिना ज्याल काम गर्ने मजदुर हौ । तिमीहरुजस्तलाई भारतमा ५० हजार भारु दिन्छ ।
४. लौ भारत त टाढा भो त्यै टिचिङमा (आइओएम) मा पनि ३७ हजार दिन्छ ।
५. १० वर्षअघि विद्यार्थीले तिर्ने १५ लाख बढेर ४५ लाख भो तर तलब २० हजारबाट २७ हजार मात्र ।
६. २४ हजार त एक सामान्य साक्षर मजदुरको तलब पनि होला ।
त्यो कलेजमा अब त्यति त गर्नै पर्यो नि ‘बा’ । हाम्रा कलेजका ‘महामहिम’हरुले भने अनुसार त ४ सय ७५ छात्रविृत्ति दे’को छ रे त कलेजले ।
बाले ठाडै नकार्दै भन्नुभो, ‘तेरो कलेज मा छात्रवृत्ति शुन्य प्रतिशत छ ।’
(म छक्क परे र अक्क न बक्क भएँ)
बा निरन्तर बोल्नुभयो, ‘छात्रवृत्तिको अर्थ त हुन्छ, निःशुल्क अध्ययन । त्यसमा आवास र भोजको समेत व्यवस्था हुन्छ । त्यही कलेजकैलाई पढ्छु भन्नेलाई त डेढ लाख रुपैयाँको बज्र प्रहार छ । खुला भनेर आउने तँ जस्ताले ७ लाख तिर्नुपर्छ । ७ लाख तिरेपछि के को छात्रवृत्ति ? मैले आजसम्म यतिका ऋण लिएको थिइन, जुन तेरो छात्रवत्तिका लागि लिएँ ।ऋण खोजी खोजी छात्रवृत्ति ? वाह ! यो छात्रवृत्ति कुनचाहिँ परिभाषामा पर्दछ ? यो छात्रवत्ति होइन, छात्रवृद्धि हो !
‘बा’का यी शब्द मेरा मानसपटलमा दौडेका दौड्यै छन् । अनुत्तरित छु । सरकारले दिने तलबसुबिधामा काम गर्ने भए के के गर्छु, भन्ने महामहिम हरुको भनाई पनि वहाँलाई थाहा रहेछ । यसबाट प्रष्ट हुन्छ कि सरकारी तलब चिकित्सकको लागि कति हद्सम्म अनुचित र अव्यवहारिक छ । कुनै चिकित्सकलाई तलब सुबिधामा सजाय दिनुपर्यो भने ‘सरकारी सुबिधा सरह भनेर राखे भो’ भन्नुहुन्छ । यसो गम्छु म प्लस टूसम्मको त्यत्रो मेहनत, एमबिबिएस दिनरात एक गर्दै पढेको, डाक्टर भ’को गर्दा त मेरो १८ बर्षको अध्ययन सकिएछ ।
तर मेरो तथा मजस्ता
मेडिकल अधिकृतको तलब सामान्य कर्मचारीको भन्दा खासै फरक देखिएन । अर्काेतर
पोष्टग्य्राजुएटको फी, पढ्न पाउन
गर्नुपर्ने मेहनत, तिकडमबाजी, पिजीपछि गर्नुपर्ने
लगातार ७२ घण्टासम्मको अवैज्ञानीक कार्य, भीड्तन्त्र जसले कुनै पनि बेला कुनै पनि चिकित्सक
माथि हातपात गरेमा कानून मौन बस्ने पद्धती, मेडिकल माफियागिरी लगायतका स्वास्थ्य क्षेत्रमा भएका
असंख्य समस्याहरु देखेरै हो कि धेरैजसो चिकित्सक अमेरिका जस्ता देशहरुमा पलायन
भइरहेका ? यक्ष प्रश्न
सिरुपाते खुकुरी जस्तो आँखै अघि तर्सिएको जसतो लाग्छ ।
तसर्थ, राष्ट्रिय रुपमै देशलाई र चिकित्सकीय पेशालाई माया
गर्नेहरुले राष्ट्रिय एउटा नियम र सहमती नबनाइ हुँदैन । हजारौं एमबिबिएस डाक्टर
निकालेर, थोरै त्यो पनि ’आकाशको फल आँखा तरी
मर’ जस्तो पिजी सिटको
भयावह स्थितीले सम्पूर्ण स्वास्थ्य सेवा, चिकित्सकको दक्षता, डाक्टर–बिरामी बिचको सम्बन्ध तथा समाजप्रति उत्तरदायी चिकित्सकको
संख्यामा ह्रास आउँदै गएको छ । हरेक दिनका घटनाक्रमले यो कुरो को पुष्टी हुँदै आएको छ ।
मेडिकल माफियातन्त्र झाँगिदै छ । रोगीहरु डाक्टरले प्रयास गर्दागर्दै हस्पिटलमा
हैन, हस्पिटलमा मर्यो
भने ’लफडा’ हुन्छ भन्ने डरले
अन्यत्र रिफर गर्दा बाटोमै मृत्यु भइरहेको छ । कसरी रोकिएला यो परिपाटी ?
रिमाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका
आवासीय चिकित्सक हुन् ।
स्वास्थ खबर बाट साबार
1 comment:
The following definitely seems to be positively terrific. Such very little fact is released by using lot from certificates know-how. I just gain doing so a good price. Cancer
Post a Comment