मुस्ताङ — नेपाल प्राकृतिक सुन्दरतासँगै साहसिक पर्वतारोहणको लागि विश्वभर परिचित छ। मुक्तिनाथ, लोमान्थाङ, वा कोरला नाका — यी गन्तव्यहरू धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक यात्राका प्रतीक हुन्। हरेक वर्ष हजारौं पर्यटक र तीर्थयात्री भारत, नेपाल तथा विदेशबाट पोखरा हुँदै यी स्थान पुग्छन्। तर, २,५०० मिटरभन्दा माथिको उचाइमा पुग्ने जो-कोहीलाई ‘लेक लाग्ने’ (altitude sickness) समस्या हुन सक्छ। छोटो समयमा अत्यधिक उचाइ चढ्दा वातावरणमा अक्सिजनको कमीले शरीरमा असर गर्छ, जसलाई उपेक्षा गर्दा गम्भीर अवस्था निम्तिन सक्छ। जसले सावधानी नअपनाउनेहरूलाई अकालमा ज्यान गुमाउन बाध्य बनाइरहेको छ।
के हो लेक लाग्नु?
लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘partial pressure' घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेष गरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।
"मलाई केही
हुँदैन"
भन्ने
सोचको
मूल्य,
ज्यान
जोमसोम अस्पतालमा काम गर्दै
आएको अनुभवले देखाउँछ
— अधिकांश उचाइ रोगका
बिरामीहरूले सुरुवातमा आफ्ना लक्षणहरूलाई
सामान्य ठान्छन्। उनीहरू
भन्छन्, "टाउको दुखेको
त हो
के भयो र!"
तर त्यही टाउको
दुखाइ, वान्ता, चक्कर
लाग्ने जस्ता प्रारम्भिक
लक्षण केही घण्टामा
फोक्सोमा पानी जम्ने
(HAPE) वा मस्तिष्क
सुन्निने (HACE) जस्ता
प्राणघातक अवस्थामा पुग्न सक्छन्।
कतिपय अवस्थामा त
बिरामीले हेलिकप्टर रेस्क्युको मौका
पनि नपाई, मुक्तिनाथकै
बाटोमा प्राण त्यागेका
छन्।
उचाइ रोग (Acute
mountain sickness) सामान्यतया
२,५०० मिटरभन्दा
माथि सुरु हुन्छ।
तर निम्न समूहहरूमा
जोखिम अझ बढी हुन्छ:
• मुटु र
फोक्सोका पुराना बिरामी
• उच्च रक्तचाप
भएका
• वृद्धवृद्धा
• गर्भवती र स्तनपान
गराइरहेकी महिला
• निद्रा नलाग्ने
वा मानसिक तनावमा
रहेका
जोमसोम अस्पतालको २०८०/८१को
आँकडा अनुसार: ४६२ (२८५
महिला AMS पीडित,
(HAPE ४ जना), ११ जनाको
मृत्यु , ७२% पीडित
भारतीय तीर्थयात्री रेहेको मा
यो बर्ष फाल्गुन
सम्मको आकडा अनुसार
५३६ AMS पीडित, रेहेको
मा ८ जनाको मृत्यु भैइ
सकेको छ । यो अबस्था
अझ बिकराल हुन
सक्ने अनुमान सजिलै
लगाउउन सकिन्छ ।
भौगोलिक विश्लेषण:
पोखरा (८०० मी
।) देखि मुक्तिनाथ
(३,७१० मी ।) सम्मको
उचाइको तीव्र परिवर्तनले
शरीरको अनुकूलन क्षमतालाई
निम्न प्रभाव पार्छ:
• रक्तमा अक्सिजन
स्याचुरेसन ९८% देखि
७५% सम्म झर्छ
• रक्तचाप ३०% ले बढ्छ
• मस्तिष्कमा रक्त प्रवाह
२०% ले कम हुन्छ
रोग
चरण अनुसारका लक्षण:
चरण |
उचाइ
(मी ।) |
लक्षण |
जोखिम |
प्रारम्भिक |
२,५००+ |
टाउको दुखाइ, वाकवाकी |
४०% यात्रु |
मध्यम |
३,५००+ |
सास फेर्न गाह्रो, चक्कर |
२५% यात्रु |
गम्भीर |
४,०००+ |
बेहोसी, मृत्यु |
१०% यात्रु |
विशेषगरी भारतका समथर
क्षेत्र (जस्तै उत्तर
प्रदेश, बिहार, तमिलनाडु
आदि) बाट आएका
तीर्थयात्रीहरू, जो समुद्र
सतहबाट सिधै ३,७०० मिटरको
मुक्तिनाथ पुग्छन् — उनीहरू उच्च
जोखिममा पर्छन्। जीप
वा हेलिकप्टरबाट चढ्दा
शरीरलाई समायोजन हुने
समय नै दिइँदैन।
उनीहरू भन्छन् — "म
पूजा गरेरै मर्न
चाहन्छु!" तर चिकित्सकका
नजरमा त्यो ‘भक्ति’
होइन, आत्महत्या जस्तै
हो।
·
टाउको
दुख्ने,
·
खोकी
लाग्ने , सास अड्किने
वा सास फेर्न
गाह्रो हुने
·
वाकवाकी,
वान्ता आउने वा खानामा अरुचि
·
थकान
वा कमजोरी महसुस
हुने
·
हिँड्न
नसक्ने, होस गुमाउने
·
निद्रामा
अशान्ति,चक्कर लाग्ने
·
बेहोसी,लठ्ठिनु वा बोलाइमा
गडबडी हुने
यी लक्षण देखिनासाथ
तुरुन्तै सावधानी अपनाउनु अत्यावश्यक
हुन्छ।
सबैभन्दा प्रभावकारी उपाय भनेको
तल
झर्ने
हो। (लक्षण देखिएमा
तुरुन्त
५००–१,०००
मिटर
तल
ओर्लनुहोस्)
यदि त्यो सम्भव
छैन भने: सोही
स्थानमा आराम गर्ने,
प्रशस्त पानी पिउने
(दिनमा ३–४ लिटर),पोषिलो
खाना खाने
• बिस्तारै चढ्नुहोस् — जोमसोम,
कागबेनी, चुसाङमा कम्तीमा एक
रात बास बस्नुहोस्
• अल्कोहल र चुरोट त्याग्नुस् — अक्सिजनको अवशोषण
घटाउँछ
• डाक्टरको सल्लाह लिएर
यात्रा गर्नुहोस् — Acetazolamide
(Diamox) आवश्यक परेमा
मात्रै
• "म नेपाली
हुँ, मलाई लेक
लाग्दैन।"
• "लसुन वा
अदुवाले लेक हटाउँछ।"
• "शरीर बलियो
छ, केही हुँदैन।"
यी सोचहरू गलत
छन्। शरीरको अक्सिजनसँग
अनुकूल हुने क्षमता
जात, बल वा अनुभवको आधारमा हुँदैन।
हठ
होइन,
समझदारी
हाम्रो अस्पतालमा एक वृद्ध
तीर्थयात्रीले अक्सिजन लिइरहेको बेला
भने — "मलाई पूजा
गरेरै मर्न दिनुस्!"
हामी डाक्टरको धर्म
स्वास्थ्य बचाउनु हो।
पहाडको
नियमलाई
चुनौती
दिनु
हुँदैन
— त्यसको सम्मान गर्नुपर्छ।
धार्मिक
यात्रा
सफल
तभ
हुन्छ,
जब
तपाईं
जिउँदै
फर्कनुहुन्छ।
"मुक्तिनाथ पुग्नु छ"
भन्ने सपना साँचो
होस्। तर त्यो सपना पुरा
गर्न जीवन गुमाउनु
नपरोस्।
सावधानी अपनाऔं, शरीरको सन्देश
सुन्न सिकौं, अनि
मात्रै मुक्तिनाथको दर्शन
साँचो अर्थमा पाउँ।
बाँचेर फर्कनुहोस् — किनभने,
मुक्ति
मृत्यु
होइन,
सचेत
जीवन
हो।
आपतकालीन सम्पर्क
• प्रहरी: १०० ९८५७६५००३३
• जिल्ला अस्पताल,
जोमसोम: ०६९–४४०२९१
• स्वास्थ्य कार्यालय, मुस्ताङ: ०६९–४४००८८
डा । विशाल
सापकोटा,
जेनेरल प्रेक्टिस तथा
आपतकालीन चिकित्सा विशेषज्ञ
प्रदेश अस्पताल, जोमसोम
No comments:
Post a Comment