औषधिसम्बन्धी जानकारीमूलक शब्दावली

औषधिसम्बन्धी जानकारीमूलक शब्दावली
प्रकाशित मिति:२०७० चैत १८ गते १८:१८-स्वास्थ्य खबरपत्रिका
फार्मेसी
फार्मेसी शब्द ग्रीक शब्द फरमाकन बाट लिईएको हो । यसको अर्थ शुरुमा औषधि वा चिकित्सा थियो । तर अहिले यस शब्दलाई परिभाषित गर्दा औषधि विज्ञान भन्ने गरिन्छ । यस अन्तर्गत औषधिको निमार्ण देखि लिएर विरामी तथा ग्राहक सम्म पु¥याउने सम्पूर्ण क्रियाकलाप पर्दछन् । यसकारण फार्मेसी भन्नाले औषधिहरुको पहिचान, छनौट, संरक्षण, स्तर निर्धारण तथा वितरण गर्ने विज्ञान भन्न सकिन्छ ।

फर्माकोलोजी
फर्माकोलोजी भन्नाले औषधिको विस्तृत अध्ययनलाई बुझाउछ । यसअन्तर्गत जीवित प्राणीमा औषधिको असर, प्रयोग, प्रतिअसर आदिको अध्ययन भन्ने बुझिन्छ ।
औषधि
कुनै पनि जीवित प्राणीमा हुने रोगको निदान, उपचार वा रोकथाममा प्रयोग गरिने पदार्थलाई औषधि भनिन्छ । अर्को अर्थमा जीवित प्राणीको शारीरिक बनावट वा प्रक्रियामा असर पार्ने पदार्थलाई औषधि भन्न सकिन्छ ।
मेडिसिन

कुनै खास बनावटमा खास रोगको उपचार, रोकथाम वा निदानको लागि प्रयोग गर्न सक्रिय एवं निष्क्रिय तत्व समेत मिलाई तयार गरिएको खास बनावटलाई मेडिसिन भनिन्छ । जस्तै प्यारासिटामोल ५०० एमजि भएको ट्याब्लेटलाई मेडिसिन भनिन्छ तर प्यारासिटामोल पाउडरलाई मेडिसिन भन्न सकिदैन । त्यसैले सब मेडिसिनहरु ड्रग्स हुन् तर सबै ड्रग्स मेडिसिन होइनन् ।
डोज
कुनै पनि रोगको निदान, उपचार वा रोकथामको लागि एकपटकमा प्रयोग गरिने औषधिको परिमाणलाई     डोज वा मात्रा भनिन्छ । त्यसलाई कुनै निश्चित बनावटको ईकाई जस्तै ट्याब्लेट, क्याप्सुल, टिस्पुनफुल     आदि, खास औषधिको परिमाण नै किटेर पनि लेख्ने गरिन्छ ।
डोज फम
कुन औषधि कुन रुपमा छ भन्ने कुरालाई डोज फम भनिन्छ । जस्तै ट्याब्लेट, क्याप्सुल, वाईन्टमेन्ट, सिरप आदि ।
कम डोज
आवश्यक मात्रा भन्दा कम औषधिको प्रयोगलाइ कम डोज भनिन्छ । उदाहरणको लागि एमोक्सिलिन ५०० एमजीको ३ क्याप्सुल पाच दिन सम्म खानुपर्नेमा यदि कसैले २ क्याप्सुल पाच दिनसम्म खाने गर्दछ या ३ क्याप्सुल तीन दिनसम्म मात्र खाने गर्दछ र सञ्चोको अनुभव गरेर औषधिको कोर्स पूरा गर्दैनन् भने त्यसलाइ कम भनिन्छ । यस्तो अवस्थामा रेसिस्टेन्ट बिकास हुन्छ ।
सब थेराप्युटिक डोज
एमोक्सिलिन ५०० एमजीको ३ क्याप्सुल पाच दिन सम्म खानु पर्नेमा यदि कसैले २ क्याप्सुल ५०० एमजी पाच दिनसमम खाने गर्दछ या ५०० एमजीको ठाउमा २५० एमजीको ३ क्याप्सुल पाच दिन सम्म खाएमा त्यसलाई सब थेराप्युटिक डोज भन्निछ ।
रेसिस्टेन्ट
जब कुनै निश्चित सूक्ष्म कीटाणुलाई कुनै निश्चित औषधिले असर गर्दैन तब उक्त किटाणुमा त्यस औषधिप्रति रेसिस्टेन्ट बिकास भएको भनिन्छ ।
क्रस रेसिस्टेन्ट
जब कुनै निश्चित सूक्ष्म कीटाणुलाई कुनै निश्चित औषधिले मात्र नभई सोही समूहको अरु औषधिले पनि असर गर्दैन तब क्रस रेसिस्टेन्ट भएको भनिन्छ ।
एन्टिबायोटिक्स्
जीवित कीटाणुबाट बनाइएको औषधिलाई एन्टिबायोटिक्स् भनिन्छ । अरु सूक्ष्म कीटाणुहरुलाई नाश गर्न यो सानो डोजमा दिने गरिन्छ ।
सुपर ईन्फेक्सन
लामो समयसम्म एन्टिबायोटिक्सको प्रयोगले केही सूक्ष्म कीटाणुको वृद्धिदर बढाउछ भने यस परिस्थितिलाई सुपर ईन्फेक्सन भनिन्छ ।
थेरापी
कुनै पनि रोगको निदान, उपचार वा रोकथामको लागि अपनाइने विधिलाई थेरापी भन्निछ र औषधिको प्रयोग गरिन्छ भने ड्रग्स थेरापी भन्निछ । औषधि बाहेक अन्य थेरापी पनि हुन सक्छन । जस्तै ः रेडियोथेरापी, फिजियोथेरापी, शल्यक्रिया आदि ।
थेराप्युटिक एजेन्ट
थेरापीको लागि प्रयोग हुने पदार्थ वा वस्तुलाई थेराप्युटिक एजेन्ट भनिन्छ ।
ईन्डिकेसन
कुनै औषधि वा थेरापी दिन सकिने रोगीको अवस्थालाई ईन्डिकेसन भनिन्छ ।  जस्तै मेवेन्डाजोलको ईन्डिकेसन वर्म ईन्फक्सन हो, पारासिटामोलको ईन्डिकेसन ज्वरो र दुखाई हो ।
एक्सन
यो शब्द फर्माकोलोजीमा निकै प्रयोग हुने गरेको छ । एक्सनको अर्थ औषधिले शरीरमा कसरी काम गर्छ भन्ने बुझाउछ । जस्तै एन्टिएसिडले एसिडलाई निरुत्साहित गर्नुलाई एन्टासिडको एक्सन भनिन्छ ।
नकारात्मक असर
औषधि प्रयोग गर्दा खास रोगको उपचारको लागि प्रयोग गरिन्छ । तर सो औषधिले चाहेको असर भन्दा अनपेक्षित असरहरु पनि देखाउन सक्छ । कुनै कुनै त्यस्ता असरहरु हानिकारक पनि हुन सक्छन् भने कुनै कुनै हानी नगर्ने खालका पनि हुन्छन् । जस्तै एस्पीरिन ज्वरो वा दुखाई कम गर्न प्रयोग गरिन्छ । तर यसले पेट दुख्ने र पेटमा रक्तश्राव समेत गर्न सक्छ । यसलाई नकारात्मक असर भनिन्छ ।
टक्सिक ईफेक्ट
कुनै निश्चित रोगको उपचारको लागि तोकिएको मात्राभन्दा बढी मात्रामा औषधि प्रयोग गर्दा वा तोकिएको भन्दा बढी समयसम्म औषधि प्रयोग गर्दा उत्पन्न हुने नराम्रो असरलाई टक्सिक ईफेक्ट
भनिन्छ ।  जस्तै पारासिटामोलकोे ओभरडोजले लिभर बिग्रन्छ ।
विष
शरीरको कुनै एक वा एक भन्दा बढी प्रमुख कार्य प्रक्रियामा असर गरेर ज्यानलाई खतरा अवस्थामा पु¥याइदिन सक्ने कुनै पनि पदार्थलाई विष भनिन्छ ।
 लत
कुनै पनि पदार्थ वा औषधि सेवन गर्ने बानी लाग्नु वा छोड्न नसक्ने अवस्था हुनुलाई लत भनिन्छ ।
जेनेरिक नेम
कुनै पनि औषधि वा पदार्थको प्रकृति, गुण आदि लाई मध्यनजर गरी संसारभर मानिने गरी राखिएको     नामलाई जेनेरिक नेम भनिन्छ । जस्तै पारासिटामोल, टेट्रासाइक्लिन आदि ।
बा्रन्ड नेम
व्यापारिक दृष्टिकोणले औषधि उत्पादन गर्ने कम्पनीहरुले एउटै औषधिलाई भिन्दा भिन्दै नाम दिएका हुन्छन् । जसलाई बा्रन्ड नेम भनिन्छ । जस्तै पारासिटामोलमो बा्रन्ड नेम सिटामोल हो ।
फर्मुला
कुनै खास औषधि कुनकुन तत्व कति मात्रामा राखी बनाइन्छ भनी कुनै ग्रन्थ वा आधिकारिक संग्रहमा दिइएको कम्पोजीसनलाई फर्मुला भनिन्छ । कतिपय औषधि आधिकारिक संग्रहमा नभए तापनि उत्पादनकर्ताहरुले नै तयार गरेको हुन्छ ।
डिस्पेन्सिङ
चिकित्सक वा स्वाथ्यकर्मीले लेखेको लिखित आदेश अनुसार औषधि बिक्री वितरण गर्ने प्रक्रियालाईृ डिस्पेन्सिङ भनिन्छ ।
एक्सपाईरि डेट
औषधिको म्याद सकिने मिति लाई एक्सपाईरि डेट भनिन्छ ।  जुन मितिको पछाडि उक्त औषधि प्रयोग गर्नु हुदैन ।
सेल्फ लाईफ
औषधि बनेको मितिबाट उक्त औषधिले अपेक्षित असर गर्न सक्ने समयावधिलाई सेल्फ लाईफ भनिन्छ । जस्तै कुनै औषधिको उत्पादन मिति ९ जनावरी १९९७ छ र म्याद सकिने मिति ९ जनावरी १९९९ लेखिएको छ भने यसको प्रयोग जीवन दुई वर्ष हो भन्ने बुझिन्छ । ९ जनावरी १९९९ पछि सो औषधि प्रयोग गरेमा अपेक्षित असर हुदैन तर कुनै कुनै औषधि विषालु पनि हुन्छ । तसर्थम्याद सकिएको औषधि कदापि वितरण गर्नु हुदैन ।
एन्टिसेप्टिक
बाहिरि वातावरणमा व्याक्टेरीयालाई निर्मुल पार्न प्रयोग गरीने रासायिनक पदार्थको झोललाई एन्टिसेप्टिक भनिन्छ । जस्तै डिटोल एन्टिसेप्टिक हो ।
निर्मलिकरण
सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्न वा हटाउन प्रयोग गरिने विधिलाइ निर्मलिकरण भनिन्छ । यस विधिमा रायासनिक भौतिक प्रक्रियाहरु प्रयोगमा ल्याइन्छ । जस्तै ः उमालेर, विकिरण दिएर वा फिल्टर गरेर ।
रिसेप्टर
रिसेप्टर एक विशेष प्रकारको प्रोटिनद्धारा निर्मित संरचना हो । रिसेप्टरसंग खास रासाएनीक पदार्थ मिल्न सक्ने गुणहुन सक्ने ठाउ हुन्छ । रिसेप्टरलाई ताल्चाको रुपमा लिन सकिन्छ , जसमा एक खास आकारको साचो मात्रा मिल्न सक्छ । रिसेप्टरलाइ संग मिल्ने औषधि सेवन गरेपछि रिसेप्टरलाइले विभिन्न कार्य देखाउन सक्छ ।
एगोनिस्ट
रिसेप्टरको कार्यलाई बढाउने वा उत्तेजित पार्ने औषधिलाई एगोनिस्ट भनिन्छ ।
एन्टागोनिस्ट
रिसेप्टरको कार्यलाई घटाउने वा निष्क्रिय पार्ने औषधिलाई एन्टागोनिस्ट भनिन्छ ।
प्रोफाईलेटिक एजेन्ट
कुनै रोग वा समस्या फैलन, सर्नबाट रोकथाम वा बचावट गर्ने पदार्थ वा औषधिलाई प्रोफाईलेटिक एजेन्ट भनिन्छ । जस्तै ः मलेरियाको प्रकोप बढेको ठाउमा जादा क्लोरोक्युन प्रोफाईलेटिक एजेन्टको रुपमा सेवन गराइन्छ, जसले गर्दा मलेरिया सर्न पाउदैन ।
कम्पाउन्डिङ
दुई वा दुई भन्दा बढी औषधिय तत्वहरुलाई मिसाएर औषधि बनाउने प्रक्रिया कम्पाउन्डिङ भनिन्छ ।
एलर्जी
शरीरको कुनै तत्वलाई सहन गर्न नसकी कुनै प्रतिक्रिया देखाउनुलाई एलर्जी भनिन्छ । जस्तै चिलाउनु
एलर्जीक रिनीटिज
यसका लक्षणहरु रुघा लाग्ने, नाक र आखा चिलाउने या रातो  हुने आदि हुन् । उपचारमा एन्टिएलर्जीक औषधि दिइन्छ ।


No comments:

Dengue

Popular Posts