Tuesday, August 11, 2015

किन बढ्दैछ नेपालमा मधुमेह ?

किन बढ्दैछ नेपालमा मधुमेह ?

प्रकाशित मिति:२०७२ साउन १९ गते १५:४१
-डा प्रदीपकुमार श्रेष्ठ
विश्वमा महामारीका रुपमा फैलिरहेको मधुमेहसम्बन्धी प्रशस्त जानकारी दिइँदै आइएको छ । यसबारे जति धेरै सूचना र सचेतना प्रवाह भइरहेको छ, त्यही अनुसार भ्रम पनि बढ्दै गएका छन् । रोगबारे भ्रम फैलिँदा सर्वसाधारणको स्वास्थ्य संकटमा पर्छ ।
बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर २०० मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ ।
एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । आठ घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको दुई घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

हामी मधुमेह जाति

विश्वमै मधुमेहको उच्च जोखिममा दक्षिण एसिया छ । चीन र भारतलाई मधुमेहको खतरा धेरै भएका मात्रै होइन, रोगीको संख्या पनि उच्च भएका देश भनिरहँदा बीचको नेपाल अछुतो रहँदैन । दक्षिण एसियामा महामारीका रुपमा रहेको टाइप २ मधुमेह हो । यो क्षेत्रमा मधुमेह उच्च देखिनुको कारण वंशाणुगत हो । कतिपय कुरा प्राकृतिक हुन्छन् । जब प्रकृतिका विरुद्ध मानवीय व्यवहार जान थाल्छ, त्यसपछि रोगको विकास हुने हो । यसै पनि रगतमा चिनी वा चिल्लो मात्रा हुनु अस्वाभाविक होइन तर त्यसको प्रयोग भएन भने रोगको रुप लिन्छ । यो क्षेत्रमा मधुमेह हुनुको कारण जातीय हो । यो जातिमा वंशाणुगत रुपमै चिनीको मात्रा उच्च देखिन्छ । किनभने यो क्षेत्रका बासिन्दाको खानपानमा पहिले ग्लुकोजको मात्रा कम हुन्थ्यो । हाम्रो पुर्खाहरुले खानामा भातभन्दा बढी तरकारी र फलफूल खान्थे । त्यसैगरी चिल्लो पदार्थ उच्च भएका खाना पनि नियमित हुन्थेनन् ।
यस क्षेत्रका बासिन्दाको जीवनशैली कडा शारीरिक श्रम हो । कृषि कार्य गर्ने भएकाले कडा शारीरिक श्रम गर्नुपथ्र्याे । बाह्य स्रोतबाट चिनीको आपूर्ति कम तर खपत धेरै हुने भएपछि यो क्षेत्रका जातिको रगतमा प्राकृतिक रुपमै चिनीको मात्रा उच्च रहन्थ्यो । त्यो प्रक्रिया वंशाणुगत रुपमा सर्दै गयो तर अहिले आएर जीवनशैलीमा एकाएक परिवर्तन आयो । भौतिक सुख सुविधाका कारण शारीरिक परिश्रम घट्यो र पश्चिमा देशको खानपान अपनाइयो । जुन प्रकृतिअनुसार ठीक उल्टो भयो । शरीरमा ग्लुकोजको बाह्य आपूर्ति उच्च भयो भने शाररिक परिश्रम कम भयो । यसले यो क्षेत्रमा मधुमेहको समस्या निकै बढाएको छ ।
जीवनशैली बदल्नु जरुरी
नेपालीमा देखिएको मधुमेहको मूल कारण बदलिँदो जीवनशैली नै हो । अब हामीले यो रोगबाट जोगिन फेरि पुर्खाकै जस्तो जीवनशैली अपनाउन सक्छौँ । खानामा भात कम तरकारी र दाल बढी खान सकिन्छ । चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ । विशेषगरी शारीरिक व्यायाम बढाउनु पर्छ । शारीरिक व्यायाम गर्ने नाममा एकाबिहानै कुद्ने धेरै हुन्छन् । मधुमेहको समस्या दूर गर्न भने खाना खाएको एक घन्टापछि हिँडेको राम्रो हुन्छ । नेपालमा साइकल लेन नै छैन । यो रोगको महामारी नियन्त्रण गर्न सरकारी तवरबाटै साइकल प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छ ।

1 comment:

Sarah said...

It happens to be additionally a brilliant write-up i positively relished reading through. It certainly is not consequently day-to-day i establish time to locate things. Cancer

Dengue

Popular Posts