Tuesday, May 26, 2015

गरेकालाई गरेकै भन्न पर्छ

गरेकालाई गरेकै भन्न पर्छ यिनीबाट हामीले अझै आशा गर्न सक्छौ

डा. भट्टराई अरू हनुमानहरू भन्दा किन भिन्न खालका छन त ?

(दाजु रमेश सापकोटाको फ॓शबुकबाट साबार )


- यिनी अर्थमन्त्री हुंदा बजेटमा उथलपुथल नै ल्याईदिए । नकी,,अझसम्म कोही हनुमानहरूले त्यस्तो गर्नै सकेका छैनन ।
- अरू हनुमानहरूले पजेरो गाडी चढे तर यिनले मुस्तङ जिप चढे ।
- अरू हनुमानहरू बिदेश भ्रमण जादां बिजनेश क्लासमा बसे यिनले तपाईहामी बस्ने ईकोनोमिक क्लासमा बसे ।
- अरू हनुमानहरूले रोड मिचेर घर बनाउन पठाए तर यिनले रोड मिचेर बनाएको घरलाई भत्काएर ठुलो र फराकिलो बाटो बनाए ।
- अरू हनुमानहरूले मान्छे हिंडने गोरेटो बाटो सम्म बनाउन सकेनन, तर यिनले ६ लेनको गाडी हिडने बाटो र आकाशे पुलहरूको निर्माण गरेर देखाए ।
- अरू हनुमानहरूलाई जनता भनेको को हो र कस्ता हुन्छन ? भन्ने अत्तोपत्तो छैन अझसम्म, तर यिनले भने जनताहरूको गुनासो सुन्नको लागी "हेल्लो  सरकार" टेलिफोनको सुबिधा गराए ।
- अरू हनुमानहरू महलमा एसआराम गरेर सुते तर यिनीले हरेक महिना गाउंगाउंमा गएर त्याहांका जतताहरूले जस्तो खान्छन त्यस्तै खाए, जसरी सुत्छन, त्यसरी नै सुत्दै हिंडे ।
तर,कसैले उनको नियम पालना गरिदिएनन।

यिनै र यस्ता यस्ता कुराहरू नै हुन अरू हनुमानहरू भन्दा यिनको भिन्नता । देश चलाउनेहरू राष्ट्र प्रमुखको कुर्सीमि बसेर मात्र हुंदैन, क्रेटिभ माईण्ड र भिजन भएकाहरू हुनु पर्छ । नत्र, राष्ट्रपति डा. राम बरण यादब र प्रधानमन्त्रि शुशिल कोईराला छन त । के भिजन छ तिनीसंग ? कुर्सीमा बसिरहेर मात्र देश परिबर्तन हुन्छ त ? परिबर्तन गराउनको लागी त कमसेकम केही नौलो कामको थालनी गर्नु पर्यो नी । खै त ? त्यसैले, बाबुरामको यिनै र यस्ता कामहरू हेरेर उनिबाट देश र जनताहरूले आशा गर्ने ठाउं छ । नत्र, त्यही पहिलाको जनयुद्द कालको कुरालाई कोट्याएर यति मान्छे मार्यो, उति मान्छे मार्यो भनेर अडकिने र यिनको खुट्टा तान्ने काम गरिने हो भने हामी नेपाली जनता संधैको उही ठाउंमा अडिकिएको अडकिएै हुने हो ।
यी नै हो मैले डा. बाबुराम हनुमान र अरू भुषटिङग्रे हनुमानहरूमा देखेको अन्तर 
हामि कुनै पार्टिका कार्यकर्ता होईनै मात्र एक नेपाली 

1 comment:

Sarah said...

Swiftly this web site can irrefutably become popular between almost all blogging and site-building folks, because thorough posts or perhaps critiques. Health Line

Dengue

Popular Posts