गरेकालाई गरेकै भन्न पर्छ यिनीबाट हामीले अझै आशा गर्न सक्छौ
डा. भट्टराई अरू हनुमानहरू भन्दा किन भिन्न खालका छन त ?
(दाजु रमेश सापकोटाको फ॓शबुकबाट साबार )
१- यिनी अर्थमन्त्री हुंदा बजेटमा उथलपुथल नै ल्याईदिए । नकी,,अझसम्म कोही
हनुमानहरूले त्यस्तो गर्नै सकेका छैनन ।
२- अरू हनुमानहरूले पजेरो गाडी चढे तर यिनले मुस्तङ जिप चढे ।
३- अरू हनुमानहरू बिदेश भ्रमण जादां बिजनेश क्लासमा बसे यिनले
तपाईहामी बस्ने ईकोनोमिक क्लासमा बसे ।
४- अरू हनुमानहरूले रोड मिचेर घर बनाउन पठाए तर यिनले रोड मिचेर
बनाएको घरलाई भत्काएर ठुलो र फराकिलो बाटो बनाए ।
५- अरू हनुमानहरूले मान्छे हिंडने गोरेटो बाटो सम्म बनाउन सकेनन, तर यिनले ६ लेनको
गाडी हिडने बाटो र आकाशे पुलहरूको निर्माण गरेर देखाए ।
६- अरू हनुमानहरूलाई जनता भनेको को हो र कस्ता हुन्छन ? भन्ने अत्तोपत्तो छैन
अझसम्म, तर यिनले भने जनताहरूको गुनासो सुन्नको लागी "हेल्लो सरकार" टेलिफोनको सुबिधा गराए ।
७- अरू हनुमानहरू महलमा एसआराम गरेर सुते तर यिनीले हरेक महिना
गाउंगाउंमा गएर त्याहांका जतताहरूले जस्तो खान्छन त्यस्तै खाए, जसरी सुत्छन, त्यसरी नै सुत्दै
हिंडे ।
तर,कसैले उनको नियम पालना गरिदिएनन।
यिनै र यस्ता यस्ता कुराहरू नै हुन अरू हनुमानहरू भन्दा यिनको
भिन्नता । देश चलाउनेहरू राष्ट्र प्रमुखको कुर्सीमि बसेर मात्र हुंदैन, क्रेटिभ माईण्ड र
भिजन भएकाहरू हुनु पर्छ । नत्र, राष्ट्रपति डा. राम बरण यादब र प्रधानमन्त्रि शुशिल कोईराला छन
त । के भिजन छ तिनीसंग ? कुर्सीमा बसिरहेर मात्र देश परिबर्तन हुन्छ त ? परिबर्तन गराउनको
लागी त कमसेकम केही नौलो कामको थालनी गर्नु पर्यो नी । खै त ? त्यसैले, बाबुरामको यिनै र
यस्ता कामहरू हेरेर उनिबाट देश र जनताहरूले आशा गर्ने ठाउं छ । नत्र, त्यही पहिलाको
जनयुद्द कालको कुरालाई कोट्याएर यति मान्छे मार्यो,
उति मान्छे मार्यो भनेर अडकिने र यिनको
खुट्टा तान्ने काम गरिने हो भने हामी नेपाली जनता संधैको उही ठाउंमा अडिकिएको
अडकिएै हुने हो ।
यी नै हो मैले डा. बाबुराम हनुमान र अरू भुषटिङग्रे
हनुमानहरूमा देखेको अन्तर
हामि कुनै पार्टिका कार्यकर्ता होईनै मात्र एक नेपाली
1 comment:
Swiftly this web site can irrefutably become popular between almost all blogging and site-building folks, because thorough posts or perhaps critiques. Health Line
Post a Comment