Sunday, August 23, 2015

तामाको भाँडामा राखेको पानी किन पिउने

प्रदुषित पानीको समस्यालाई ध्यानमा राख्दै आजभोलि मानिसहरुले आफ्नो घरमा वाटर प्यूरीफायरहरु लगाएका हुन्छन्। वाटर प्यूरीफायरले पानीमा भएका दूषित किटाणु मार्न मद्दत गर्छ। तर पुरानो जमानामा यस्तो सुविधा थिएन। यसको समाधानका लागि मानिसहरु तामाको भाँडामा पानी जम्मा गर्थे।

१. तामाको भाँडामा पानी राख्नाले विभिन्न प्रकारका फङ्गल, एलगी र पानीमा पाइने अन्य ब्याक्टेरियालाई सजिलै मार्छ। तामाले हाम्रो शरीरलाई धेरै किसिमले फाईदा गर्छ।

२. तामाले पानीमा हुने सम्पूर्ण प्रकारको ब्याक्टेरियाहरुलाई मार्छ जसले पखाला, आउँ र जन्डिस जस्ता रोगको खतराबाट बचाउँछ।

 .   तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी, ग्यास र कब्जियत जस्ता समस्यालाई टाढा राख्छ।

 .   पाचन सही राख्नुका साथै तामाले फ्याट्टि कोषहरुलाई बढ्नबाट पनि रोक्छ। यसले मोटोपन नियन्त्रण गर्छ।

 .   तामामा पाइने खनिजले मुटुसँग जोडिएका समस्यालाई टाढा राख्छ। रक्तचाप नियन्त्रण गर्नुका साथै नराम्रो कोलस्ट्रोललाई पनि कम गर्छ। यसका साथै उक्त खनिजले थायोराइडको समस्यामा राहत दिन्छ। त्यस्तै यसले मुटु, दिमाग, कलेजो र मृगौलाको कार्य सही राख्न पनि मद्दत गर्छ। 

 .    छालासँगै आँखा र कपालको रङ्ग बढाउने मेलालिन बनाउन तामाले मद्दत गर्छ। मेलालिनले छालालाई अल्ट्रोभायालेट किरणहरुबाट बचाउँछ र मुहारका दाग धब्बालाई पनि टाढा राख्छ।

७.      रक्त अल्पताको समस्याबाट बच्न पनि तामा राखेको पानी पिउने गरिन्छ।

 .  तामा निकै राम्रो एन्टिअक्सिडेन्ट हुन्छ जसले समय अगावै हुने चाउरीपनाको समस्या टाढा राख्छ।

 .    तामामा एन्टि इन्फ्ल्यामेटरी गुण हुन्छ जसले शरीर दुख्ने समस्या कम गर्नुका साथै आर्थराइटिसको समस्या पनि कम गर्छ।

http://kinmel.setopati.com/ausadhi-upachar/28475/

Autoimmune Diseases Could be Treated With Medical Marijuana

Researchers at the University of South Carolina conducted a study that analyzed the effects of THC in marijuana on patients with autoimmune diseases because the drug has previously shown to have an immunomodulatory activity.
Immunomodulatory means something is capable of modifying or regulating one or more immune functions, or can provide an immunologic adjustment, regulation, or potentiation. In this study's case, the researchers found that the application of marijuana has the ability to suppress an immune response to treat autoimmune diseases, such as arthritis, lupus, colitis, multiple sclerosis, and others.
Tetrehydrocannabinol (THC) is the chemical in marijuana that is responsible for the drug's psychological effects. It binds to cannabinoid receptors on nerve cells. These cannabinoid receptors are located in certain areas of that brain that are associated with thinking, memory, pleasure, coordination, and time perception. Through conducting tests on mice, the researchers found that THC gene regulation could result in epigenetic changes.
This finding means that marijuana could cause alterations to the function of genes controlled by DNA. When an individual suffers from an autoimmune disease, the immune system cannot tell the difference between healthy body tissue and antigens, so normal body tissues are destroyed as a result. Administering marijuana in the experimental mice revealed that the drug has the capacity to affect DNA expression through epigenetic pathways outside of the DNA.
"Our results showed that THC treatment leads to the association of active histone modification signals to Th2 cytokine genes and suppressive modification signals to Th1 cytokine genes, indicating that such a mechanism may play a critical role in THC-mediated switch from Th1 to Th2," reads the study's abstract. "At the global level, a significant portion of histone methylation and acetylation regions were altered by THC."
The epigenomes, "histones," lead to the suppression of inflammation. The THC in marijuana can help manipulate these epigenomes to suppress inflammation in the body, being that inflammation worsens one's autoimmune condition.
The study, "Histone modifications are associated with Delta(9)-tetrahydrocannabinol-mediated alterations in antigen-specific T cell responses," was published in the Journal of Biological Chemistry.
http://www.scienceworldreport.com/articles/15145/20140603/autoimmune-diseases-treated-medical-marijuana.htm

Tuesday, August 11, 2015

किन बढ्दैछ नेपालमा मधुमेह ?

किन बढ्दैछ नेपालमा मधुमेह ?

प्रकाशित मिति:२०७२ साउन १९ गते १५:४१
-डा प्रदीपकुमार श्रेष्ठ
विश्वमा महामारीका रुपमा फैलिरहेको मधुमेहसम्बन्धी प्रशस्त जानकारी दिइँदै आइएको छ । यसबारे जति धेरै सूचना र सचेतना प्रवाह भइरहेको छ, त्यही अनुसार भ्रम पनि बढ्दै गएका छन् । रोगबारे भ्रम फैलिँदा सर्वसाधारणको स्वास्थ्य संकटमा पर्छ ।
बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर २०० मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ ।
एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । आठ घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको दुई घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

हामी मधुमेह जाति

विश्वमै मधुमेहको उच्च जोखिममा दक्षिण एसिया छ । चीन र भारतलाई मधुमेहको खतरा धेरै भएका मात्रै होइन, रोगीको संख्या पनि उच्च भएका देश भनिरहँदा बीचको नेपाल अछुतो रहँदैन । दक्षिण एसियामा महामारीका रुपमा रहेको टाइप २ मधुमेह हो । यो क्षेत्रमा मधुमेह उच्च देखिनुको कारण वंशाणुगत हो । कतिपय कुरा प्राकृतिक हुन्छन् । जब प्रकृतिका विरुद्ध मानवीय व्यवहार जान थाल्छ, त्यसपछि रोगको विकास हुने हो । यसै पनि रगतमा चिनी वा चिल्लो मात्रा हुनु अस्वाभाविक होइन तर त्यसको प्रयोग भएन भने रोगको रुप लिन्छ । यो क्षेत्रमा मधुमेह हुनुको कारण जातीय हो । यो जातिमा वंशाणुगत रुपमै चिनीको मात्रा उच्च देखिन्छ । किनभने यो क्षेत्रका बासिन्दाको खानपानमा पहिले ग्लुकोजको मात्रा कम हुन्थ्यो । हाम्रो पुर्खाहरुले खानामा भातभन्दा बढी तरकारी र फलफूल खान्थे । त्यसैगरी चिल्लो पदार्थ उच्च भएका खाना पनि नियमित हुन्थेनन् ।
यस क्षेत्रका बासिन्दाको जीवनशैली कडा शारीरिक श्रम हो । कृषि कार्य गर्ने भएकाले कडा शारीरिक श्रम गर्नुपथ्र्याे । बाह्य स्रोतबाट चिनीको आपूर्ति कम तर खपत धेरै हुने भएपछि यो क्षेत्रका जातिको रगतमा प्राकृतिक रुपमै चिनीको मात्रा उच्च रहन्थ्यो । त्यो प्रक्रिया वंशाणुगत रुपमा सर्दै गयो तर अहिले आएर जीवनशैलीमा एकाएक परिवर्तन आयो । भौतिक सुख सुविधाका कारण शारीरिक परिश्रम घट्यो र पश्चिमा देशको खानपान अपनाइयो । जुन प्रकृतिअनुसार ठीक उल्टो भयो । शरीरमा ग्लुकोजको बाह्य आपूर्ति उच्च भयो भने शाररिक परिश्रम कम भयो । यसले यो क्षेत्रमा मधुमेहको समस्या निकै बढाएको छ ।
जीवनशैली बदल्नु जरुरी
नेपालीमा देखिएको मधुमेहको मूल कारण बदलिँदो जीवनशैली नै हो । अब हामीले यो रोगबाट जोगिन फेरि पुर्खाकै जस्तो जीवनशैली अपनाउन सक्छौँ । खानामा भात कम तरकारी र दाल बढी खान सकिन्छ । चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ । विशेषगरी शारीरिक व्यायाम बढाउनु पर्छ । शारीरिक व्यायाम गर्ने नाममा एकाबिहानै कुद्ने धेरै हुन्छन् । मधुमेहको समस्या दूर गर्न भने खाना खाएको एक घन्टापछि हिँडेको राम्रो हुन्छ । नेपालमा साइकल लेन नै छैन । यो रोगको महामारी नियन्त्रण गर्न सरकारी तवरबाटै साइकल प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छ ।

आवासै नपाएपछि के को आवासीय चिकित्सक !

-डा. एसपी रिमाल

 ‘खुइयययय…….’
बाले फेरि कुनै कामको असफलताको संकेत गर्दै बोल्नुभयो, ‘आज पनि कुरो मिलेन ! बिना धितो बैंकले ऋण दिंदैन।
धितोको लागि सबै सर्टिफिकेटको फोटोकपी पठाएको छु त ,’ करौंडौको सम्पत्ति धितोका लागि पठाकोझैं मेरो उत्तर ।

यो संसारमा ऋण खोज्नु सार्है गार्हो काम हो । एकाध मेरा जस्ता सहृदयी साथी नहुनेहरुले त त्यसकै लागि कैयौं कुकर्म गरेको दुई चक्षुले प्रत्यक्ष दृष्टिबोध गरेका छन्,’ बाले जफाव फर्काउनुभयो ।

ऋणको कुरामा मेरो र बाको कैयौं पटक वाक संघर्ष परेको छ ।
छोरो डाक्टर नहुँदासम्म बाले खूब ऋण खोज्नुभो रे । सोच्नुभएको थियो रे डाक्टर भएपछि त छोरोले जादुयी चमत्कार गर्नेछ । पैसा आएको आयै हुनेछ    तर, मेरा सोझा बाले मेडिकल माफियागिरी, पिजी  अध्ययन, पिजी शुल्क लगायतका हाउगुजीले डाक्टर भएपछि पनि कसरी सताउँछन् भन्ने कुरा थाहै पाउनुभएन । जब म पिजी पढ्न थालेपछि पनि ऋण खोज्नुपर्यो त्यसपछि दिनको घाम झैं छर्लङ्ग भो होला उहाँलाई । डाक्टर फलाउनु रुपैयाँको बोट उमार्नु होइन भन्ने 

डाक्टर भएपछि छोराले कमाएर लिएको ऋण फिर्ता गरौंला भन्ने उहाँको अपेक्षा स्वभाविक हो । मेरो यथार्थ र उहाँको अपेक्षा बाझिदा बा र म बिच सवालजफाव भइरहन्छन् । यसक्रममा उहाँले गर्ने कतिपय तर्क र दिने कतिपय जफावले मेरो मानसपटलमा जरा गाडेर बसीरहेका छन् । बेलाबेला मेरै मानसपलटमा संघर्ष गरिरहन्छन् ।

कहिलेसम्म तँलाई ऋण खोजेर पढाउने मैले ?,’ उहाँले दोहो¥याउने प्रश्न हो । उहाँको यो सदाबहार प्रश्नले मलाई अहिलेसम्म छाडेको छैन । यसको उत्तर मसँग कहिल्यै हुँदैन । एमबिबिएस सकेर पनि मेरै पढाइका लागि ऋण खोज्नु परेपछि बा कहिलेकाहिँ हतास मनस्थितिबाट गुज्रिनुहुन्छ ।

यो प्रश्नको जफाव रफावसहित हुन्थ्यो मेरो, ‘म छात्रवृत्तिमा पढ्दै छु । तर बाले ऋण नखोजी कहिल्यै मलाई पढ्ने पैसा पुगेन । हरेक तहसँगै दुई गुणा यो क्रम वृद्धी हुँदै गयो । प्लस टूमा बाले थोरै ऋण बोक्नुभो, एमबिबिएसमा अलि धेरै र अहिले त मलाई भन्न पनि लाज लाग्छ । मेरा कलेजका महामहिमहरु हामीजस्ता चिकित्सकलाई आवासीय चिकित्सकभन्दछन् । बाले यो कुरा मान्नुहुन्न । भन्नुहुन्छ, ‘आवास नै नदिई कसरी आवासीय चिकित्सक ?

जीवन निर्वाह हुने तलब पनि नपाउने र ७२ घण्टासम्म लगातार काम गर्नुपरेपछि बाले प्रश्न स्वभाविक रुपमा उठाउनुहुने भोके को चिकित्सक ?
भन्छु, ‘२७ हजार रुपैयाँ दिन्छन् त ।
बाका ६ वटा उत्तर एकसाथ आउँछन् ।
१. २७ हजारमा मा १८ त कलेजले थुतेर लग्छ फी भनेर ।
२. बाँकी रहेको ६ हजार मध्ये इन्टरनेट, विद्युतलगायत भनेर बाँडीचुँडी लग्छन् त ।
३. तिमीहरु त चिकित्सक होइन, बिना ज्याल काम गर्ने मजदुर हौ । तिमीहरुजस्तलाई भारतमा ५० हजार भारु      दिन्छ ।
४. लौ भारत त टाढा भो त्यै टिचिङमा (आइओएम) मा पनि ३७ हजार दिन्छ ।
५. १० वर्षअघि विद्यार्थीले तिर्ने १५ लाख बढेर ४५ लाख भो तर तलब २० हजारबाट २७ हजार मात्र ।
६. २४ हजार त एक सामान्य साक्षर मजदुरको तलब पनि होला ।

त्यो कलेजमा अब त्यति त गर्नै पर्यो नि बा। हाम्रा कलेजका महामहिमहरुले भने अनुसार त ४ सय ७५ छात्रविृत्ति देको छ रे त कलेजले ।
बाले ठाडै नकार्दै भन्नुभो, ‘तेरो कलेज मा छात्रवृत्ति शुन्य प्रतिशत छ ।
(
म छक्क परे र अक्क न बक्क भएँ)

बा निरन्तर बोल्नुभयो, ‘छात्रवृत्तिको अर्थ त हुन्छ, निःशुल्क अध्ययन ।  त्यसमा आवास र भोजको समेत व्यवस्था हुन्छ । त्यही कलेजकैलाई पढ्छु भन्नेलाई त डेढ लाख रुपैयाँको बज्र प्रहार छ । खुला भनेर आउने तँ जस्ताले ७ लाख तिर्नुपर्छ । ७ लाख तिरेपछि के को छात्रवृत्ति ? मैले आजसम्म यतिका ऋण लिएको थिइन, जुन तेरो छात्रवत्तिका लागि लिएँ ।ऋण खोजी खोजी छात्रवृत्ति ? वाह ! यो छात्रवृत्ति कुनचाहिँ परिभाषामा पर्दछ ? यो छात्रवत्ति होइनछात्रवृद्धि हो !

बाका यी शब्द मेरा मानसपटलमा दौडेका दौड्यै छन् । अनुत्तरित छु । सरकारले दिने तलबसुबिधामा काम गर्ने भए के के गर्छु, भन्ने महामहिम हरुको भनाई पनि वहाँलाई थाहा रहेछ । यसबाट प्रष्ट हुन्छ कि सरकारी तलब चिकित्सकको लागि कति हद्सम्म अनुचित र अव्यवहारिक छ । कुनै चिकित्सकलाई  तलब सुबिधामा सजाय दिनुपर्यो भने सरकारी सुबिधा सरह भनेर राखे भोभन्नुहुन्छ । यसो गम्छु म प्लस टूसम्मको त्यत्रो मेहनत, एमबिबिएस दिनरात एक गर्दै पढेको, डाक्टर भको गर्दा त मेरो १८ बर्षको अध्ययन सकिएछ ।
 तर मेरो तथा मजस्ता मेडिकल अधिकृतको तलब सामान्य कर्मचारीको भन्दा खासै फरक देखिएन  । अर्काेतर पोष्टग्य्राजुएटको फी, पढ्न पाउन गर्नुपर्ने मेहनत, तिकडमबाजी, पिजीपछि गर्नुपर्ने लगातार ७२ घण्टासम्मको अवैज्ञानीक कार्य, भीड्तन्त्र जसले कुनै पनि बेला कुनै पनि चिकित्सक माथि हातपात गरेमा कानून मौन बस्ने पद्धती, मेडिकल माफियागिरी लगायतका स्वास्थ्य क्षेत्रमा भएका असंख्य समस्याहरु देखेरै हो कि धेरैजसो चिकित्सक अमेरिका जस्ता देशहरुमा पलायन भइरहेका ? यक्ष प्रश्न सिरुपाते खुकुरी जस्तो आँखै अघि तर्सिएको जसतो लाग्छ । 
तसर्थ, राष्ट्रिय रुपमै देशलाई र चिकित्सकीय पेशालाई माया गर्नेहरुले राष्ट्रिय एउटा नियम​ र सहमती नबनाइ हुँदैन । हजारौं एमबिबिएस डाक्टर निकालेर, थोरै त्यो पनि आकाशको फल आँखा तरी मरजस्तो पिजी सिटको भयावह स्थितीले सम्पूर्ण स्वास्थ्य सेवा, चिकित्सकको दक्षता, डाक्टरबिरामी बिचको सम्बन्ध तथा समाजप्रति उत्तरदायी चिकित्सकको संख्यामा ह्रास आउँदै गएको छ  । हरेक दिनका घटनाक्रमले यो कुरो को पुष्टी हुँदै आएको छ । मेडिकल माफियातन्त्र झाँगिदै छ । रोगीहरु डाक्टरले प्रयास गर्दागर्दै हस्पिटलमा हैन, हस्पिटलमा मर्यो भने लफडाहुन्छ भन्ने डरले अन्यत्र रिफर गर्दा बाटोमै मृत्यु भइरहेको छ । कसरी रोकिएला यो परिपाटी ?

रिमाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सक हुन् ।
स्वास्थ खबर बाट साबार 

Sunday, August 09, 2015

अनुहारका काला थोप्ला हटाउने घरेलु उपाय

अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन् । भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ ।
जब छालामा हुने स-साना छिद्रहरु सरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् तब ब्लाकहेड्स देखिन थाल्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण समेत संक्रमण भएर यो सिर्जना हुनसक्छ । यो समस्या सबैभन्दा बढि तैलीय छाला हुनेहरुमा हुन्छ ।
ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ ।

ती घरेलु उपाय यस्ता छन् :

वाफ लिनेदुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् ।
तुलसीअनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट  राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ ।
बदामबदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ ।
कागती र महकागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा तथा सफा हुन्छ ।

Dengue

Popular Posts