Sunday, June 07, 2015

किन दुख्छ छाती ?

Shital Adhikariडा. शितल अधिकारी
कतिपय अवस्थामा मानिस सामान्य रहँदासमेत छाती दुख्ने गर्छ । यसरी दुख्नासाथ मानिसहरू मुटुसम्बन्धी रोग लागेको भन्दै चिकित्सककहाँ पुग्ने गर्छन् । तर छाती दुख्नासाथ सबै दुखाई हृदयाघात र मुटु रोगका लक्षण नहुन पनि सक्छन् । कम उमेर अर्थात् ३०/३५ वर्षको समयमा छातीको दुखाई मुटुसम्बन्धी नभई अन्य कारण हुन सक्छन् । कतिपय अवस्थामा ग्यास्ट्रिकका कारण छाती र पेटको बीच भागमा दुखेको हुन सक्छ । छाती दुखाई उमेर, बानी, अभ्यास, रिस्क फ्याक्टर जस्तै मधुमेह, कोलस्ट्रोल, उच्चरक्तचाप, कति समयदेखि दुखिरहेकोजस्ता कुराले निक्र्यौल गर्नुपर्ने हुन्छ ।
लडेर वा चोटपटक लागेको या घाउ भएर छाती दुखेको तुरुन्तै थाहा हुन्छ । यदि पेटको समस्याका कारण हो भने बीचमा दुख्ने, अमिलो पानी आउने, पेटमा ग्यास भरिएको जस्तो हुने, चिल्लो पिरो खाएको अवस्थामा बढी दुखेको छ भने ग्यास्ट्रिकका कारण हुने हुन्छ । यस्तो अवस्थामा पेट र छातीको बीचमा पोलेको जस्तो हुने, ग्यास भरिनेजस्ता लक्षण हुन्छ । ३०÷३५ वर्षको व्यक्तिलाई दुखेको छ भने ग्यास्ट्रिक हुनसक्छ तर ६०/६५ वर्षको व्यक्तिलाई दुखेको छ भने मुटुरोग हो कि भनी परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा लक्षणले मात्र ग्यास्ट्रिक र मुटुरोग छुट्याउन नसक्ने हुँदा इन्भेष्टिगेसन नै गर्नुपर्ने हुन्छ । यसका लागि इसीजी गर्नुपर्ने हुन्छ । सुगर या उच्चरक्तचाप छ भने परीक्षण गर्नुपर्ने हुन्छ ।
यदि ४० वर्षभन्दा माथिको उमेरमा छाती दुखेमा मुटुको समस्या पनि हुन सक्छ । छातीमा थिचेको जस्तो हुनु, सास फेर्न गाह्रो हुनु, हिड्डुल गर्दा, काम गर्दा दुखेको महसुस हुनु र आराम गर्दा दुखाई कम हुन्छ भने मुटुको समस्याका कारण हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ । हृदयाघात भएको अवस्थामा सहनै नसक्ने गरी दुख्छ या थिचेको महसुस हुन्छ । यस्ता बिरामीलाई उच्चरक्तचाप, मधुमेह या कोलेस्ट्रोल भएको हुनसक्छ । साथै वंशाणुगत, धुमपानका कारण पनि यस्ता समस्या देखिने गर्छन् ।
कतिपय अवस्थामा मनोवैज्ञानिक दुखाई पनि हुन्छ । काम गर्न गाह्रो हुने, अल्छी लाग्ने, बच्चालाई पढ्न मन नलाग्ने हुँदा पनि छाती दुख्यो भन्दै कामबाट पन्छिने गर्छन् । यसमा परीक्षण गर्दा कुनै पनि समस्या भेटिदैंन । यस्ता बिरामीको छाती दुखाईको उपचार गर्न साह्रै नै समस्या हुने गरेको छ ।
युवाहरू एक्सरसाइज गरिरहेका हुन्छन् । यसले पनि मांसपेशीमा दुखाई हुन्छ । जसका कारण उनीहरु छाती दुख्यो भन्दै आत्तिएको पाइन्छ । यो आफै निको भएर जान्छ । कहिलेकाहीँ फोक्सो र छातीको बीचमा हावा भरियो भने पनि छाती दुख्ने हुन्छ ।
फोक्सो दुखाई मुख्यतया संक्रमण र क्यान्सरका कारण हुन्छ । कहिलेकाहीँ फोक्सो र छातीको बीचमा हावा वा पानी भरियो भने पनि दुख्ने हुन्छ । ज्वरो आउने, खोकी लाग्ने र छाती दुख्ने भएमा निमोनिया हुनसक्छ । यो एक किसिमको कडा संक्रमण हो । निमोनिया भाइरस र व्याक्टेरियाका कारण हुनेगर्छ । सामान्य रूघाखोकी लाग्नु भाइरल इन्फ्ल्युइन्जाको लक्षण हो । यो साधारणतया एक हप्तामा निको भएर जान्छ । तर पछि ज्वरो बढ्ने र छाती दुख्ने भएमा ‘सेकेण्डरी निमोनीया’ भनिन्छ ।
भाइरसका कारण दुवै फोक्सोलाई असर गरी अक्सीजन लिने क्षमतामा कमी आउने एआरडीएस (एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिण्ड्रोम) हुनसक्छ । छाती दुख्ने अर्को कारण क्यान्सर पनि हुन सक्छ । नेपालमा फोक्सोको क्यान्सर धेरै नै छ । वीर अस्पतालमा मात्र हप्तामा ३÷४ जना फोक्सो क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेको छ । यस्ता बिरामीको सुरुको अवस्थामा छाती नदुख्न पनि सक्छ । खकारमा रगत देखिनु, तौल घट्दै जानु र क्यान्सर रोगको लक्षण हुन सक्छ । क्षयरोगमा पनि छाती दुखाई हुन्छ । २ हप्तासम्म साँझपख ज्वरो आउने, खोकी लाग्ने, खकारमा रगत देखिने, विस्तारै तौल घट्दै जाने, खाना नरूच्ने क्षयरोगका लक्षण हुन् ।


छाती दुख्दा चिकित्सकसँग सल्लाह लिनुपर्ने अवस्था
– ज्वरोसँगै छाती दुख्ने
– सास फेर्न गाह्रो हुने
– हिड्डुल गर्दा, काम गर्दा छाती थिचेको जस्तो हुनु, दुखाई देव्रे हात र घाँटीतर्फ जाने, पसिना आउने
– दमका रोगीलाई छाती दुखि सास फेर्न गाह्रो भएमा
– चुरोट खाने व्यक्तिमा लामो समयसम्म छाती दुखिरहेमा
सतर्कता
सुरुको अवस्थामा प्रायजसो रोगका लक्षण साधारण छाती दुख्ने, खोकी लाग्ने हुन्छ । तर समयअनुसार बढ्दै जान्छ । मानौ १० मिनेट हिड्दा छाती दुख्यो, गाह्रो भयो भन्दै तपाई ५ मिनेट मात्र हिड्नु भयो भने दुखाई कम लाग्न सक्छ । तर तपाईको दुखाई निरन्तर भैरहेको हुन्छ । यसलाई सामान्य रूपमा सोच्दा पछि भएर ठूलो असर गर्न सक्छ । सूर्ति तथा धुमपान रोकेमा मुटुरोग, फोक्सो तथा फोक्सो क्यान्सर जस्ता समस्याबाट बच्न सकिन्छ । अत्यधिक चिल्लो पदार्थ 
नखाने, नियमित व्यायाम गर्ने, सुगर, उच्चरक्तचापको नियमित परीक्षण गर्नाले पनि मुटुरोगबाट बच्न सकिन्छ ।
http://swasthyakhabar.com/2014/08/13984.html

1 comment:

Sarah said...

I am eager the set up. It is wonderful to determine many people explain in words from your nature as well as capability upon which basic subject region are usually easily discovered. Fateh Pharma

Dengue

Popular Posts